CINEMANEWS

नेपाली सिनेमा जहाजैमामा फिलिपिनो अभिनेत्री रजेल इचिमिया

सिनेमा संसार
काठमाडौं
नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई पर्दामा उतार्ने लक्ष्यसहित निर्माणको तयारीमा रहेको सिनेमा जहाजैमा मा एक विदेशी अभिनेत्रीको प्रवेश पक्का भएको छ।फिलिपिन्सकी अभिनेत्री रजेल इचिमिया, जो हाल जापानमा रहेर त्यहा“को सिनेमा र टेलिभिजन क्षेत्रमा सक्रिय छिन्, अब नेपाली फिल्ममा देखिनेछिन्।फिल्मकी निर्देशक कृषा चौलागाईंले हालैको जापान यात्रामा इचिमियाका साथ सहकार्यको समझदारी गरेकी हुन्। अहिले फिल्मको प्रि–प्रोडक्सन चरणमा काम भैरहेको छ।इचिमियाले सन् २०२३ मा बि माई गेस्ट बि माई बेबी मार्फत आफ्‌नो अभिनय यात्रा सुरु गरेकी थिइन्, जहा उनले एक फिलिपिनो एयर होस्टेसको जटिल भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि थुप्रै सिनेमामा अभिनय गरेकी थिईन्।
जहाजैमा को पोस्टरमा हिमपातको दृश्य र पारदर्शी छातामुनी उभिएकी इचिमियाको उपस्थिति देखिन्छ। निर्देशक चौलागाईंले यसपटक विदेशी कलाकारलाई नेपाली कथामा समावेश गर्नु चुनौतीपूर्ण भए पनि सिर्जनात्मक अवसर भएको बताइन्।फिल्म यूएनए प्रोडक्सन को व्यानरमा उज्ज्वल गुरागाईं द्वारा निर्माण हुँदैछ। कथाले नेपाल–जापानको भावनात्मक सम्बन्ध, प्रेम, सपना र संघर्षलाई समेट्नेछ।प्रमुख अभिनेता चयन प्रक्रिया जारी रहेको र फिल्म सन् २०२६ मा प्रदर्शन हुने निर्देशकले जानकारी दिएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button