CINEMA

बालेनले प्रशंषा गरे अगस्त्यको

सिनेमा संसार संवाददाता
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रिलिजको दोस्रो सातामा प्रवेश गरेको सिनेमा अगस्त्य च्याप्टर १ हेरेर यसको प्रशंषा गरेका छन् ।
मेयर शाहले आफ्नो टिमसहित दरबारमार्गको क्यूएफएक्स हलमा सिनेमा हेरेका हुन् । सिनेमा हेरेपछि मेयर बालेनले निर्देशक सौरभ चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।
प्रदर्शनकै दिनदेखि तारिफ पाइरहेको सिनेमाले दोस्रो सातामा कम शो भएपनि दर्शकको चाप भने नघटेको निर्माण पक्षले दाबी गरेको छ । सिनेमाले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको निर्माण पक्षको भनाई छ ।
एक्सन–थ्रीलर सिनेमा अगस्त्यको वर्ड अफ माउथले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको छ ।
नेपालपछि अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भएको सिनेमालाई विदेशी दर्शकले नेपाली सिनेमा क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । सिनेमाले अष्ट्रेलियमा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठीलगायतले अभिनय गरेका छन् ।
दर्शकबाट पाएको प्रतिक्रियापछि निर्माण पक्ष च्याप्टर २ का लागि उत्साहित भएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ ।

Related Articles

Check Also
Close
Back to top button