BOLLYWOODHOLLYWOOD

बलीवुड राइजिङ्  स्टार शर्वरीको दुर्लभ गाउनमा शानदार उपस्थिति

सिनेमा संसार

काठमाडौं

बिलउडकी राइजिङ्  स्टार शर्वरी आफ्नो उत्कृष्ट अभिनयसँगै फरक फेसन सेन्सका लागि पनि चिनिन्छिन्। हालै मात्र उनले अल्बर्टा फेर्रेत्तीको रिसोर्ट २०२४ कलेक्सनबाट एक दुर्लभ गाउन पहिरेर सबैलाई चकित पारिन्। यो सुन्दर कलम बस्टियर गाउन, जसमा माइक्रो र म्याक्रो सिक्विन एम्ब्रॉयडरी गरिएको थियो। यो पहिरन विशेष रूपमा उनको लागि आर्काइभबाट मगाइएको थियो, जसले यसलाई एक विशेष फेसन पनि बनायो।कुनै पनि अभिनेत्रीका लागि यति दुर्लभ पोशाक धारण गर्नु एउटा उपलब्धिभन्दा कम मानिदैन।

चम्किलो एम्बेलिशमेन्ट र स्लिम फिट गाउनले शर्वरीको सौन्दर्यलाई अझ निखार्यो। अल्बर्टा फेर्रेत्तीका डिजाइनहरूको विशेषता भनेको ती महिलाको मनोविज्ञानलाई सुन्दर रूपमा चित्रण गर्छन् र तिनलाई जीवन्त तर वास्तविक पोशाकको रूप दिन्छन्। शर्वरीले यो गाउन पहिरेर डिजाइनरको दृष्टिलाई पूर्ण रूपमा जीवित तुल्याइन्!

 

Related Articles

Back to top button