BOLLYWOODHOLLYWOOD

एक्स्ट्रा म्यारिटल अफेयरले बबाल

एजेन्सी। लिपलक र लभ अफेयर्सका सामाचार त बलिउडमा जहिले पनि सुन्न पाईन्छ। तर अविवाहित भन्दा विवाहित स्टारका यस्ता खबर बढि बाहिरीन्छन् भने अर्कातीर कुनै अभिनेत्री सिंगल छन् भने उनीहरुको नाम कोही न कोही स्टारसँग जोडीएकै हुन्छ। बलिउडमा यस्ता धेरै विवाहित स्टार छन्, जसको नाम अविवाहित स्टारसँग जोडीयो र उनीहरुको लभ लाईफ कुनै बेला निकै भाईरल बन्यो।

करीना कपूर र ऋतिक रोशन

नायक ऋतिक रोशन तथा नायिका करिना कपु्रविचको अफेयरले एकपटक बलिउड गर्मीएको थियो। यो त्यति बेलाको कुरा हो, जुन बेला करिनाको जीवनमा न साहिद कपुर थिए न सेफ अलि खान नै थिए। तर ऋतिक रोशनको चाहिँ विवाह भईसकेको थियो। ऋतिक विवाहपछि पनि करीनासँग एक्स्ट्रा म्यारीटल अफेयरमा थिए। उनीहरुलाई धेरै पटक कारमा मेकआउट गरीरहेको पनि भेटिएको थियो।

गोविन्दा र रानी मुखर्जी

अभिनेता गोविन्दाले अभिनेत्री रानी मुखर्जीको साथ विवाहेत्तर सम्बन्ध राखेका थिए। त्यति बेला उनीहरुको जोडीलाई दर्शकले खुबै रुचाएका थिए भने उनीहरुको धेरै सिनेमा सुपर हिट भएका छन्। सँगै काम गर्दागर्दै नजिक भएका थिए उनीहरु। केहि पटक गोविन्दालाई रानीको फ्ल्याटमा नाईट ड्रेसमा पनि देखिएको थियो। तर रानीको बाबुआमालाई यो सम्बन्ध मन परेको थिएन। शायद यहि कारण उनीहरुको सम्बन्ध लामो समय टिकेन।

रेखा र अमिताभ बच्चन

बलिउडका सबैभन्दा सफल अभिनेता अमिताभ बच्चन पनि पर्फेक्ट छैनन््। उनको पनि विवाहपछि अभिनेत्री रेखाका साथ सम्बन्ध थियो। रेखा र अमिताभको सम्बन्धका कारण अमिताभ पत्नी जयालाई ठुलो बबज्रपात परेको थियो। घर सम्हाल्न पनि मुस्किल भएपछि जयाले सम्बन्धविच्छेद गर्ने निर्णयसमेत लिएकी थिइन्। तर जहासँग छुट्टिनै डरले अमिताभ रेखाबाट टाढा भए। जसका कारण उनीहरुको घर बच्यो। हाल पनि रेखा र अमितभाको लभ किस्सा बेलाबेला सुन्न पाईन्छ। भनिन्छ उनीहरु अझै पनि एक अर्कालाई माया गर्छन्।

शाहरुख खान तथा प्रियंका चोपडा

नायक शाहरुख खान पनि यो लीस्टबाट टाढा छैनन्। उनले गौरीसँग विवाह गर्नका लागि पापड बेलेका थिए । तर उनीहरुको विचमा पनि एकपटक मनमुटाव भएको थियो। शाहरुख र प्रियँका चोपडा डन नामक सिनेमाको बेला एक अर्कासँग नजिकिएका थिए। उनीहरुले विवाह गरीसकेका छन् भन्ने हल्ला पनि चलेको थियो। जब गौरी खानले यो कुरा थाहा पाईन्, उनले शाहरुखलाई डीभोर्स दिने धम्की दिन थालीन् र शाहरुखले प्रियँकासँग दुरी बढाए। शाहरुख हाल आफ्नी श्रीमती र बच्चाका साथ सुखी जिन्दगी बिताईरहेका छन्।

शिल्पा शेट्ठी र अक्षय कुमार

यो जोडी एक समय सबैभन्दा चर्चित जोडी थियो। भनिन्छ की उनीहरुले ईगेन्जमेन्टको औँठी पनि साटेका थिए। तर जब यो कुरा उनकी पत्नी तथा अभिनेत्री ट्वीँकल खन्नाले थाहा पाईन्, अक्षयलाई प्रियंकाको साथ फिल्म खेल्न दिईनन्। त्यसपछि उनीहरु कहिल्यै सँगै देखिएनन्।

प्रिती जिन्टा र शेखर कपुर

प्रिती जिन्टासँगको प्रेमसम्बन्धका कारण सिनेमा डाईरेक्टर शेखर कपुरको विवाह टुटेको थियो। यो कुराको खुलासा शेखरकी पत्नी सुचित्रा कृष्णमुर्तीले गरेकी थिईन्। तर प्रितीले भने सुचित्राको भनाईलाई पागलपनको संज्ञा दिएकी थिइन्।

मिथुन चक्रवर्ती र श्रीदेवी

भनिन्छ कि विवाहपछि पनि मिथुन चक्रवर्ती श्रीदेवीको मायामा पागल भएका थिए। जसका कारण उनले घरबार छोडेर श्रीदेवीसँग विवाह गरेका थिए। तर उनको पत्नी योगीताले आत्महत्याको कोशीश गरेपछि मिथुन श्रीदेवीलाई छोडेर घर फर्केका थिए। पछि श्रीदेवीले बोनी कपुरसँग विवाह गरेकी थिइन्।

अजय देवगण र कंगना रनावत

अजय देवगण र कंगनाको जोडी एक पटक चर्चामा आएको थियो। अजय र कंगना एकै फिल्ममा काम गर्न लागेको कुरा भईरहेका बेला उनीहरुको प्रेम सम्बन्ध बाहिरीयो। यो कुरा थाहा भएपछि अजय पत्नी काजोलले उनलाई कंगनासँग काम गर्न दिइनन्। त्यसपछि उनीहरुले कहिल्यै सँगै काम गरेनन्।

Related Articles

Check Also
Close
Back to top button