CINEMAMUSICNEWS

बालेनको नेपाल हाँसेको ट्रेन्डिङमा

सिनेमा संसार
काठमाडौं
चर्चित हास्य टेलिसिरीयल सक्कि गोनिका कलाकारहरुको संलग्नतामा निर्मित सिनेमा लाज शरणम्को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ।
काठमाडौं महानगरपालिकाका मेयर तथा ¥यापर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो। बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ।
नेपाल हाँसेको बोलको गीतमा बालेनकै शब्द रचना, संगीत, स्वर र ¥याप छ। गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ। कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर छ।
बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो।
लाज शरणम्ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङ भएको जनाएको छ।
कुमार कट्टेलले निर्देशन गरेको सिनेमामा सिताराम कट्टेल धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन्। जेपिटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठले निर्माण गरेको सिनेमामा राम नरेश शाह र सृजना खड्का सह–निर्माता छन्। सिनेमा फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुँदैछ।

Related Articles

Back to top button