CINEMANEWS

खजुरे ब्रोको प्रिमियर सम्पन्न

सिनेमा संसार संबाददाता
काठमाडौँ

सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘खजुरे ब्रो’को मंगलवार सांझ राजधानी काठमाडौँमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ।
बैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने सिनेमा साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्छ। सिनेमाले दुई घण्टा पूर्ण मनोरंजन दिनेछ। ठगीको विषयलाईलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको सिनेमा हेर्ने सम्पूर्णले सिनेमा हेरुञ्जेल पूर्ण मनोरंजन लिएको प्रतिक्रिया दिए।

सिनेमामा महेश त्रिपाठी,रेअर राई,नवीन मानन्धर, डेब्यु अभिनेत्री नीति शाह,पुस्कर कार्की,बिनिता थापा मगर,शान्तिला लगाएत सबै कलाकारले उत्कृस्ट काम गरेका छन्। निर्देशकले आफ्नो निर्देशकीय दोश्रो सिनेमा अब्बल सावित गर्न सफल छन्।
काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा भएको सिनेमामा धरानको स्थानीय कला तथा मौलिक लवजलाई बिसेष तरिकाले प्रस्तुत गरिएको छ।रेअर राइ र नीति शाह मुख्य भूमिकामा रहेको सिनेमामा मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्मित सिनेमामा नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।
रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button