सिनेमा संसार
काठमाडौं
आगामी पुष २६ गते रिलीज हुने सिनेमा कार्साङको गीत सात भन्ज्याङ सार्वजनिक गरिएको छ।
गीतमा डीपी खनालको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ। स्वर एडी योडी र रेश्मा पुन मगरको छ। रिकेश गुरुङले एरेन्ज छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुले अभिनय गरेका छन्। प्रेमिल भावको गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ।
टिपिकल शब्द र भेषभुषाले गीतलाई जीवन्त बनाएको छ। पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ।
सिनेमा यम शेर्पाको डेब्यु निर्देशन हो। कार्साङ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ। सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ।
सिनेमामा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेका छन्। यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को व्यानरमा छायांकार पुरुषोत्तम प्रधानले निर्माण गरेको सिनेमको सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्मातामा रूपमा आङछिरिङ शेर्पा रहेका छन्।