CINEMANEWS

नेपाल टुरमा मारुनी

सिनेमा संसार संवाददाता
सुनसरी
आगामी भाद्र १३ बाट प्रदर्शनमा आउने फिल्म मारुनी प्रचार प्रसारका लागी नेपाल टुरमा हिँडेको छ। नेपाल टुरको सुरुवात सुनसरीको इटहरीबाट भएको छ। बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा फिल्मको मुख्य नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शकसँग साक्षातकार गरेका थिए्।
लगभग ३ हजार मानिसको उपस्थिति रहेको कन्सर्टमा पुष्प र साम्राज्ञीले जाम न माया जाम र सक्दिन म बाँच्न गीतमा आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा स्थानिय मोडलहरुले मारुनीको टिसर्टमा र्याम्प वाक गरेका थिए। साथमा अन्या थुप्रै प्रस्तुती पनि भएको थियो। पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सहनिर्मातामा रहेका छन्। फिल्ममा पुष्प र साम्राज्ञीसँगै रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।
नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ। सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरीरहेका छन्।

Related Articles

Back to top button