NEWS

लय र रेखालाई हरितारा पुरस्कार

सिनेमा संसार संवाददाता
काठमाडौं
हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मान २०७५ सोमबार राजधानीमा आयोजित एक समारोहबिच सम्पन्न भएको छ।
समारोहमा ३ दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा सिनेमाका लागि संरक्षण÷सम्वद्र्धन र सन्देशमूलक टेलिफिल्ममार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याएवापत लय संग्रौला तथा झण्डै दुई दशकदेखि नेपाली सिनेमामा अभिनय कला तथा पछिल्लो समय सिनेमा निर्माण र निर्देशनमार्फत यस क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ सम्मानपत्रसहित जनही २५ हजारसहित सम्मान गरिएको छ।
त्यसैगरि परिवर्तन नेपालले गत सालदेखि स्थापना गरेको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७५ सम्मान पत्र तथा नगद जनही १० हजारसहित ३ दशक देखि नेपाली रंगमञ्च तथा सिेनमा क्षेत्रमा अनवरत योगदान पु¥याएवापत अभिनेता उत्तम केसी र रंग पत्रकारिता मार्फत ३ दशकभन्दा बढी समयदेखि सिनेमा क्षेत्रको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएवापत विजयरत्न तुलाधरलाई सम्मान गरिएको छ। समारोहमा अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button