किन पीर मान्छौ बोलको गीत सार्वजनिक

सिनेमा संसार
काठमाडौं
लोकसंगीत क्षेत्रमा चर्चित गायक युवराज छन्त्यालले किन पीर मान्छौ शीर्षकको नयाँ गीत सार्वजनिक गरेका छन्। यो गीतमा उनलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन्। गीतमा मायालुलाई आश्वस्त पार्दै चिन्ता नगर्न आग्रह गरिएको छ, जसले माया र सम्बन्धको भावनालाई उजागर गर्छ।गीतका शब्द र संगीत युवराज छन्त्यालकै हुन्। संगीत संयोजनदेखि मिक्सिङ र मास्टरिङसम्मको काम संगीतकर्मी कुमार थापाले सम्हालेका छन्, जसले गीतलाई आधुनिकता र परम्पराको राम्रो समिश्रण दिएको छ।भिडियो निर्देशन शिवम् पोखरेलले गरेका हुन्। अभिनयमा नवीन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायतले सहभागी भएर कथालाई जीवन्त बनाएका छन्। छायांकन सुरज खनाल र राजु घलेले गरेका छन् भने सम्पादन सरोज शाहीको रहेको छ।भिडियो गायक युवराज छन्त्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।