MUSIC

लोकप्रियता कमाउँदै लालुमाई

सिनेमा संसार संवाददाता
काठमाडौं
केहि साताअघि सार्वजनिक गरिएको लालुमै बोलको गीतले दर्शकको साथ पाउन सफल भएको छ।
बिष्णु माझी र सन्दिप न्यौपानेले गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका छन्। युटुबमा हालसम्म ४० लाख दर्शक पाइसकेको छ भने गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गएको छ। गीतलाई टिकटकमा २५ हजारभन्दा धेरैले भिडीयो बनाइसकेका छन्।
लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका छन्। भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचार्ड छन्। भिडीयोमा राजेश घिमिरेको छायाँकन, र बिष्णु शर्माको सम्पादन समाबेस रहेको छ।

Related Articles

Check Also
Close
Back to top button