MUSIC

८ राष्ट्रिय भाषाका संगीतलाई अवार्ड

सिनेमा संसार संवाददाता
काठमाडौं, जेठ २३
नेपालीबाहेकका विभिन्न ८ राष्ट्रिय भाषाका गीत र भिडियोलाई अवार्ड प्रदान गर्दै नेपालको पहिलो समावेशी अवार्ड भनिएको नेशनल पावर न्यूज म्युजिक अवार्ड–२०१८ सम्पन्न भएको छ।अवार्ड समारोहमा मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरुका साथमा ६ व्यक्तित्वलाई सम्मान गरिएको थियो। . उनीहरुलाई प्रोत्साहनको लागि सम्मान गरिएको आयोजक समितिका अध्यक्ष माध राज खरेलले जानकारी गराए।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित कार्यक्रममा मकवानपुरका पत्रकार मणिराज गौतमलाई ५ हजार १ सय रुपियाँसहित पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ। त्यसैगरि संसारकै अग्लो ठाउमा गएर कार्यक्रम आयोजना गरी गिनिज बुकमा नाम लेखाएको भन्दै आर के सुवेदी, समाजसेवीमहिला शोमा खत्री, बालकलाकार सम्राट दाहाल, समाजसेवी च्याङवा लामा, साउण्ड ईन्जिनियर मिन विष्ट, कलाकार अर्जुन कौशललगायतलाई प्रमख अतिथि कानुनमन्त्री शेरबहादुर तामाङ, पत्रकार ऋषि धमला, राष्ट्रिय गीतका रचायता प्रदिप राई (व्याकुल माईला), पूर्व सांसद हरिचरण साह, गैरआवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष हिक्मत थापालगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा साउथवेस्टर्न स्कुलको नृत्य तथा गायन प्रस्त’ति रहेको थियो। नेपाली हुनुमा गर्व गरौँ नेपाली भाषा र संस्किृतीको जगेर्ना गरौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको नेशनल पावर न्युज म्युजिक अवार्डका विजयी यस प्रकार छन्:

कन्हैया सिंह – आधुनिक पप उत्कृष्ट स्वर
शान्तिप्रिय – आधुनिक पप उत्कृष्ट शब्द
पदम रोकाया – आधुनिक पप उत्कृष्ट संगीत

जीवन शाही – आधुनिक पप उत्कृष्ट भिडियो

अमृता ल’ुङगेली मगर – लोकदोहोरी उत्कृष्ट स्वर
सहदेव कोईराला –लोकदोहोरी उत्कृष्ट शब्द
अमृत खाती – लोकदोहोरी उत्कृष्ट संगीत

शिव विक÷दिपासा विसी – लोकदोहोरी उत्कृष्ट भिडियो

सुगम पोखरेल – चलचित्र (ऐश्वर्य) उत्कृष्ट स्वर
धिरेन्द्र प्रेमर्षि – चलचित्र (संरक्षण) उत्कृष्ट शब्द
राजनराज सिवाकोटी – चलचित्र संगी

त (कुटुमा कुटु) उत्कृष्ट)

चादनी मल्ल – उत्कृष्ट गीत (डेउडा)विरेन्द्र भाट – (विपिन)उत्कृष्ट भिडियो (डेउडा)

 

रोजी डंगोल श्रेष्ठ – उत्कृष्ट गीत (नेवारी भाषा)
पुर्णकाजी ज्यापु – उत्कृष्ट भिडियो (नेवारी भाषा)
सुशन साम्सोहाङ – उत्कृष्ट गीत (लिम्बु भाषा )लोकेन सांवा लिम्बु – उत्कृष्ट भिडियो (लिम्ब’ भाषा)
दोर्जे लामा – उत्कृष्ट गीत (शेर्पा भाषा)

 

गम्पो शेर्पा – उत्कृष्ट भिडियो (शेर्पा भाषा)

पुर्ण राई – उत्कृष्ट गीत (राई भाषा)
मधुसुदन थापा मगर – उत्कृष्ट गीत (मगर भाषा)
टीका बोम्जन – उत्कृष्ट गीत (तामाङ भाषा )
राजकुमार मोक्तान – उत्कृष्ट भिडियो (तामाङ भाषा)
अर्जुन कौशल – उत्कृष्ट गीत (

चौधरी भाषा)
भिम अधिकारी – उत्कृष्ट भिडियो (चौधरी भाषा)

क्रिटिक्स, जुरी र ईन्करेजमेन्ट अवार्ड विजेताहरु

विरज महर्जन
द विकल्प व्याण्ड
समिक्ष चौधरी
रामलाल चौधरी

हरि उप्रेती
गोविन्द गौतम
विकाश चौधरी
किरण अधिकारी
जय देवकोटा
राजु थापामगर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button