MUSIC

आँचल अचानक सुशान्तसँग

सिनेमा संसार संवाददाता
काठमाडौं
नायिका आँचल शर्मालाई सँधै एउटा आरोप लागिरहेको हुन्थ्यो कि उनले पल शाहबाहेक अरु कलाकारसँग अभिनय गर्दिनन्। पछिल्लो पटक भने आँचलले अन्य कलाकारसँग पनि अभिनय गर्न थालेकी छिन्।
हालै मात्र सार्वजनिक शिव परियारकोे गीत मंगलीको म्युजिक भिडियोमा आँचलले सुशान्तसँग अभिनय गरेकी छिन्। विकास सुवेदी निदेर्शित भिडियोमा आँचल शर्मा र सुशान्त खत्री फिचर्ड छन्। सुशान्त भारतिय डान्स रियालिटी शो डान्स प्लस २ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए।
गीतमा शंकर थापा स्माईलको संगीत तथा प्रह्लाद शाहका शब्द छन्। गीतका संगीत संयोजक उदयराज पौडेल हुन । भिडियोमा छायांकन अनिल के. मानन्धरको रहेको छ भने सम्पादक सुप्रिम पराजुली छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button