MUSIC

नारीलाई हेप्ने दिन गए

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा गायिका शोभा केसीले यो बर्ष पनि तिज गित नारिलाई हेप्ने दिन गए बरीलै ल्याएकी छिन्।
लामो समय देखि सांगीतिक क्षेत्रमा अनबरत रुपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकी धनि छिन्। रमा अधिकारिको शब्द, संगीतकार दुर्गा साउदको संगीत तथा गायिका शोभा केसीको स्वर रहेको गीतको म्युजिक भिडियोमा कलाकार उत्तम केसी, रश्मि भट्ट, सुभेच्क्षा थापा, धुर्बराज थापा, श्याम रंजित, जीवन थापा र सलिना सुबेदीले अभिनय गरेका छन्। निर्देशक गौरब गिरीले निर्देशन गरेको भिडियोलाई टंक केसीले छायांकन गरेका छन्।

Related Articles

Back to top button