MUSIC

रियल जोडीको पहिलो प्रेम

सिनेमा संसार संवाददाता
काठमाडौं
भोलि शुक्रबारदेखि बोबी, यो पागल मन र विरंगनासँगै रिलीज हुन लागेको सिनेमा बाबु कान्छाको रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा रियल जोडी मानिएका नायनायिका सलोन बस्नेत र करिश्मा श्रेष्ठलाई प्रस्तुत गरिएको छ।
मेरो पहिलो प्रेम बोलको रोमान्टिक गीतमा सशिल पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ। टंक बुढाथोकीको संगीत रहेको गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका छन्।
सिनेमामा सलोन र करिश्माका साथ नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेललगायतले अभिनय गरेका छन् भने अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गरेका छन्।
शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा बनेको सिनेमामा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको छ भने रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button