
सिनेमा संसार
काठमाडौैं
अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही फ्रान्समा जारी ७८ औं कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी भएका छन्। जेठ ५ गते प्रदीप अभिनित र शाही निर्देशित फिल्म एक्लोको प्रवर्धनका लागि उनीहरु फ्रान्स पुगेका ह्ुन्। फिल्म एक्लो हाल कान्स मार्केटमा सहभागी छ। फिल्मका निदेशक शाही भने कान्स प्रोड्युसर्स नेटवर्कमा सहभागी रहेका छन्। नेपाली समय अनुसार सोमबार बिहान कान्सको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित फ्रान्सेली फिल्म ला फेम्मे ला प्लस रिच डु मोन्डको प्रिमियरको क्रममा रेड कार्पेटमा सहभागी भएका प्रदीप कालो सुट लामो कपाल र कालो चस्मामा निकै आकर्षक देखिएका छन्। त्यस्तै शाही भने रातो कोट कालो पाइन्टमा सजिएका थिए भने उनीहरुका साथमा फिल्म टिमका केहि सदस्यहरु पनि सहभागी भएका छन्। उनीहरुसँगै टिमका केही सदस्य पनि रेडकार्पेटमा देखिएका थिए।