CINEMANEWS

डि सिने अवार्डको मनोनयन सार्वजनिक

कस्ले मार्ला बाजी

सिनेमा संसार

छायाछवि क्रियसनको आयोजनामा हुँदै आइरहेको डि सिने अवार्डको मनोनयन सूची सार्वजनिक गरिएको छ।
सार्वजनिक सूचीअनुसार उत्कृष्ट चलचित्रको विधामा प्रसाद–२, दिमाग खराब, नाड्डो गाउँ, जारी र बुलाकी मनोनयनमा परेका छन् भने निर्देशक विधामा दिमाग खराबबाट निश्चल बस्नेत, नाड्डो गाउँबाट दीपेन्द्र लामा, प्रसाद–२ बाट सुदर्शन थापा, अगत्स्यबाट सौरभ चौधरी र गोर्खा वारियरबाट मिलन चाम्स मनोनयनमा छन्।

त्यसै गरी जारीबाट दयाहाङ राई, अगत्स्यबाट सौगात मल्ल, प्रसाद–२ र एक भगवत् एक गीताबाट विपिन कार्की तथा दिमाग खराबबाट खगेन्द्र लामिछाने अभिनेता, दिमाग खराबबाट स्वस्तिमा खड्का, जारीबाट मिरुना मगर, प्रसाद–२ बाट केकी अधिकारी, बुलाकीबाट सुरक्षा पन्त र एक भगवत् एक गीताबाट सुहाना थापा अभिनेत्री, अगत्स्यबाट नाजीर हुसेन, जारी–२ बाट विजय बराल, डिग्री माइलाबाट माओत्से गुरुङ, दिमाग खराबबाट अर्पण थापा र नाड्डो गाउँबाट विजय लामा सह–अभिनेता, बगानबाट करिश्मा मानन्धर, गोर्खा वारियरबाट कविता आले, उपहारबाट बेनिशा हमाल र पूजा शर्मा तथा गणपतिबाट सूर्यमाला शर्मा सह–अभिनेत्री, प्रसाद–२ बाट अर्पण थापा, ऐंचौ पैंचोबाट कोशिस क्षेत्री, अगत्स्यबाट प्रमोद अग्रहरी, काँडेतारबाट मुरली धर र नाड्डो गाउँबाट शिशिर वाङदेल खलपात्र विधाको मनोनयनमा परेका छन्।

त्यसै गरी नव निर्देशक बिधामा बुलाकीबाट लक्ष्मण सुनार, जारीबाट उपेन्द्र सुब्बा, एेंचो पैंचोबाट कृषा चौलागाईं, बगानबाट सरोज खनाल र दयारानीबाट माओत्से गुरुङ, नव अभिनेता विधामा नाई नभन्नू ल–६ बाट आशीर्वाद क्षेत्री, गोर्खा वारियरबाट रितेश चाम्स, बुलाकीबाट विराज विष्ट, परदेशी–२ बाट प्रकाश सपुत र उपहारबाट समर्पणजंग कार्की तथा नव अभिनेत्री विधामा बगानबाट प्रमीला कार्की, टुल्कीबाट स्वस्तिमा कार्की, नीरफूलबाट शान्ति वाइबा, जारीबाट परीक्षा लिम्बु र दयारानीबाट नयन गुरुङ मनोनयनमा छन्।२०८० सालका फिल्मबीचको प्रतिस्पर्धाअन्तर्गत प्रिज्मा डि सिने अवार्डको मनोनयन सूची सार्वजनिक गरिएको छायाछवि क्रियसन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी गराए। १६ आै संस्करणको अवार्ड समारोह आगामी बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना हुनेछ।

Related Articles

Back to top button