
सिनेमा संसार
गायकगायिका सुदिप अधिकारी र शान्तीश्री परियारको स्वरमा लोकदोहोरी गीत केही भनेकै छैन हालै भिडियो सहित सार्वजनिक भएको छ ।
गीतमा सुदीप अधिकारीको शब्द तथा संगीत रहेको छ भने कमल सौरागको संगीत संयोजन,कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको तथा खुमन राना र सुमन रानाले गीत रेकर्डिङ रहेको छ।
सो गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। जसमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ । गाउ“ले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको माया – प्रेम गीतको भिडियोमा समेटिएको छ ।सुदीप बरालको छायांकन रहेको गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका छन्।गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ ।