CINEMANEWS

मलाई बनायौ किन रिलिज

सिनेमा संसार संवाददाता
काठमाडौं
आागामी साउन १० गते अल नेपाल रिलीज हुने सिनेमा एकलब्यको दोश्रो गीत मलाई बनायौ किनको भिडियो बिहिबार रिलिज गरिएको छ। अघिल्लो गीत पूर्वै चल्नेया रेललाई दर्शकले रुचाएपछि निर्माण पक्षले यो दोश्रो गीत रिलिज गरेको हो।
रिलीज डेट नजिकिँदै गर्दा निर्माण पक्ष अहिले प्रचारमा जुटेको छ। एकलब्यको यो प्रेम भावको गीत मलाई बनायौ किनमा युवराज चौलागाई र मेलिना राईको स्वर रहेको छ। गीतमा शब्द र संगीत राजेन्द्र बजगाईको हो। यो गीतमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराईबीचको प्रेम सम्बन्ध देखाईएको छ। भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो। गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
एकलब्यलाई अनमोल शर्मा निर्देशन गरेका हुन् । उनका अनुसार यो सिनेमा पारिवारिक प्रेम कथामा आधारित छ। जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ। सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, सुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ। एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन्। सिनेमामा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत र संगीत, भोजराज देवकोटाको पटकथा रसम्बाद, कृष्ण श्रेष्ठको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button