BOLLYWOODHOLLYWOOD

जब ऐश्वर्याकाे बाउंसरले बस चालकलाई थप्पड हाने

सिनेमा संसार

काठमाडौं

हालै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको कार दुर्घटनामा परेको थियो। एक सरकारी बसले उनके कारलाई पछाडिबाट ठक्कर दिएको भिडियो पनि सामाजिक सञ्जालमा  सार्वजनिक भएको थियो। घटनापछि  अभिनेत्रीका बाउंसरले बस चालकलाई थप्पड हानेको खवरले हाल सामाजिक सञ्जाल तातिएकाे छ।मिडिया रिपोर्टका अनुसार, बस चालकले क्षति आकलन गर्न बस रोकेपछि अभिनेत्रीका बडीगार्ड बाहिर आएर उनलाई थप्पड हानेका थिए। चालकले यो कुरा प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी घटनास्थलमा पुगेपछि बच्चन निवासका सुपरभाइजरले बाउंसरको व्यवहारका लागि माफी मागे। त्यसपछि चालकले प्रहरीमा उजुरी नदिने निर्णय गरेका थिए।

मुंबईको जुहू क्षेत्रमा बुधबार ऐश्वर्या राय बच्चनको कारलाई बसले पछाडिबाट ठक्कर दिएको थियो। प्रहरीका अनुसार यस घटनामा कसैलाई चोट लागेको छैन। मिडिया रिपोर्टअनुसार, जब बसले ठक्कर दियाे ऐश्वर्या उक्त कारमा थिइनन्। हालसम्म यस मामिलामा कुनै उजुरी वा एफआईआर दर्ता गरिएको छैन।केही समयदेखि ऐश्वर्या राय बच्चन आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा थिइन्। खबर थियो कि ऐश्वर्या र अभिषेक बच्चनको सम्बन्ध राम्रो चलेको छैन र उनीहरू छुट्टिन सक्ने सम्भावना छ। यद्यपि, केही समयपछि दुवैलाई सँगै देखिएको थियो। अभिषेकले आफ्ना औंलामा लगाएको औंठी देखाउँदै आफू अझै विवाहित रहेको बताएका थिए।

Related Articles

Check Also
Close
Back to top button