BOLLYWOODHOLLYWOOD

कुरा नकाटुन् भनेर स्वीकारेका थिए अर्जुनले मलाइकासँगको सम्बन्ध

सिनेमा संसार संवाददाता
काठमाडौं
बलिउड अभिनेता अर्जुन कपूरले आफु र मलाइका अरोराको बारेमा मान्छेले अनेकन कुरा नगरुन् भनेर उनीसँगको सम्बन्ध स्वीकार गरेको खुलासा गरेका छन्।
भारतिय सञ्चार माध्यमसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन्। अर्जुनले केही समयअघि मलाइकाका साथ आप्mनो सम्बन्ध रहेको स्वीकार गरेका थिए। त्यसअघि उनले समाज र सञ्चार माध्यमका सामू आफुहरुबीचको सम्बन्धलाई अस्वीकार गर्दै आएका थिए। गत वर्ष उनी मलाइकालाई लिएर आप्mनो खानदानको दिपावलीमा पुगेका थिए।
बलिउडमा प्रायः जोडीले आप्mना सम्बन्ध अस्वीकार गर्ने गरे पनि अर्जुनले स्वीकार गरेका कारण हंगामा मचिएको थियो। ‘मलाई लाग्छ कि जुन बेला मैले मेरो जिन्दगीमा यो कदम उठाएँ, यदि त्यो समयमा मैले त्यसो नगरेको भए मेरो र मलाइकाको बारेमा मानिसहरुले अझ कति धेरै कुरा बनाउने थिए। यसबाट उनको र हाम्रो सम्बन्धमा धक्का लाग्ने थियो। त्यसैले मैले फैसला लिएँ कि म समाजलाई बताउँछु कि यो तपाईंको सीमा हो र यसभन्दा अगाडि तपाईं केही बोल्न सक्नु हुने छैन। बस् कुरा सकियो।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button