BOLLYWOODHOLLYWOOD

ईन्टिमेट सिनबाट टाढै रहन चाहन्छु : करिना कपुर

सिनेमा संसार
काठमाडौं
बलिउड अभिनेत्री करिना कपुर खनको फिल्मी करिअर २५ वर्ष पुगिसकेको छ। यो अवधिमा उनले कयौं फिल्ममा काम गरेकी छन्। धेरै फिल्महरुमा काम गरे पनि निकै कम फिल्ममा ईन्टिमेट सिनमा काम गरेकी छन्। हालै उनले यसको कारणबारे चर्चा गरेकी छन्।एक म्यागजिनका लागि हलिउड अभिनेत्री गिलियन एडर्सनका साथ कुराकानीका क्रममा आफू सकेसम्म त्यस्ता दृश्यहरुबाट भारतका पश्चिमी देशहरुमा जस्तो ईन्मिेट सिनलाई सहज रुपमा नहेरिने समेत बताएकी छन्।उनले चमेली र तलाश जस्ता फिल्महरूमा यौनकर्मी महिलाको भूमिका निभाए तापनि, इन्टिमेट दृश्यहरूबाट टाढा रहने निर्णय लिएकी थिइन्। यसको मुख्य कारण उनले आफ्‌नो अभिनयलाई गरिमामय राख्न चाहेको बताउदै अभिनयमा सशक्तता देखाउनका लागि इन्टिमेट दृश्यहरू आवश्यक नभएको बताएकी छन्।तर, करिनाले की एंड का जस्ता केही फिल्महरूमा भने इन्टिमेट दृश्यहरूमा अभिनय गरेकी छिन्।उनले कहिलेकाहीं मात्र कथाको माग अनुसार यस्ता दृश्यहरूमा काम गरेकी छिन्।

Related Articles

Back to top button