BOLLYWOODHOLLYWOOD

बलिउडदेखि ग्लोबल सुपरस्टारसम्म नोरा

सिनेमा संसार
काठमाडौं

बलिउड अभिनेत्री एवम डान्सर नोरा फतेही अब बलिउडबाट अन्तर्राष्ट्रिय सुपरस्टारको रूपमा उदाएकी छन्। उनको इन्टरनेशनल पप आइकन जेसन डेरुलोसँग आएका नया ट्रयाक स्नेक आधिकारिक रूपमा युके स्पोटीफाई टप ४० मा समावेश भएपछि उनको चर्चा थप चुलिएको छ। जुन गीत अहिले ३८औं स्थानमा रहेको छ।अन्तर्राष्ट्रिय परफर्मरको रूपमा आफनो पहिचान मजबुत रूपमा स्थापित गरेकी छन्। स्नेकले अहिलेसम्म १३० मिलियनभन्दा बढी भ्युज पार गरिसकेको छ र अन्तर्राष्ट्रिय चार्टहरूमा लगातार रेकर्ड तोडिरहेको छ।
नोराको यो उपलब्धिलाई झन ऐतिहासिक बनाउने कुरा के छ भने – नोरा यस गीतमा मात्र परफर्मर होइनन्, उनी भोकलिस्टको रूपमा पनि प्रस्तुत भएकी छन्। यसले उनको ग्लोबल पप डेब्युलाई झन विशेष बनाएको छ। उच्च गुणस्तरको प्रोडक्सन, क्याची हुक र इस्ट–वेस्ट फ्युजन शैलीसहित स्नेक ५६ भन्दा बढी देशका चार्टहरूमा स्थान बनाउ“दै आएको छ।
नोरा फतेहीलाई हालसम्म दमदार स्क्रिन प्रजेंस र डान्स परफर्मेन्सका लागि तारिफ गरि“दै आए पनि अब भने उनलाई एक सिंगर र म्युजिक आर्टिस्टको रूपमा पनि व्यापक मान्यता मिलिरहेको छ। स्नेक उनको बहुप्रतिभाको प्रमाण हो। जसले उनी केवल एक भिजुअल स्टार मात्र होइनन्, ग्लोबल म्युजिक संसारमा पनि एक प्रभावशाली शक्ति हुन् भन्ने कुरा देखाउछ।

Related Articles

Check Also
Close
Back to top button