CINEMANEWS

अभिमन्यूमा गौमाया

सिनेमा संसार
काठमाडौं
ब्लकबस्टर सिनेमा पूर्णबहादुरको सारंगीका निर्माताले निर्माण गर्ने सिनेमा अभिमन्युका लागि कलाकार छनोट सुरु भएको छ।
सिनेमाको पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन्। पहिलो कलाकारका रूपमा गौमायालाई साइन गराएको सिनेमाका निर्माता विनोद पौडेलले जानकारी गराए।
ब्लकबस्टर सिनेमा पूर्ण बहादुरको सारी निर्माता पौडेलले सिनेमा आगामी भदौ २७ गते रिलिज गर्ने घोषणा गरिसकेका छन्। सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ।
सिनेमा विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने अभिमन्यु सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेव्यु निर्देशकीय सिनेमा हुनेछ। मुकेश खनालको लेखन रहने सिनेमामा क्रियटिभ निर्देशक मदन थापा रहेका छन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेन सिनेमाको सह निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ हुन्।

 

Related Articles

Back to top button