
सिनेमा संसार
काठमाडौं
कन्नड फिल्म उद्योगकी अभिनेत्री रान्या रावलाई दुबईबाट सुन तस्करी गर्दै बेंगलुरुस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ। राजस्व खुफिया निर्देशनालय (डीआरआई) का अधिकारीहरूले उनको साथबाट १४.८ किलोग्राम सुन जफत गरेका छन्।जसको बजार मूल्य १२ करोड रुपैयाभन्दा बढी आकलन गरिएको छ।
डीआरआई स्रोतहरूका अनुसार, रान्या राव प्रहरी महानिर्देशक (डीजी) रामचन्द्र रावकी सौतेनी छोरी हुन्।उनले आफ्नो पारिवारिक सम्बन्धको प्रयोग गर्दै तस्करी गरिरहेकी थिइन्। उनलाई विमानस्थलमा दुबईबाट ओर्लिने क्रममा नियन्त्रणमा लिइएको थियो।
अधिकारीहरूलाई पहिल्यै रान्या रावबारे गोप्य सूचना प्राप्त भएको थियो, जसका कारण डीआरआई टोलीले विमानस्थलमा निगरानी बढाएको थियो। स्रोतहरूका अनुसार, रान्याले प्रारम्भमा आफ्ना पिताको पदको प्रभाव प्रयोग गर्ने प्रयास गरिन्। तर डीआरआई अधिकारीहरूले नियमअनुसार उनलाई जाँचको लागि हिरासतमा लिए।तलाशीका क्रममा अधिकारीहरूले पत्ता लगाए कि उनले आफ्ना लुगाको भित्री भागमा सुनको तह बनाइ लुकाइरहेकी थिइन्, जसमा जम्मा १४.८ किलोग्राम सुन रहेको थियो। डीआरआईले उनलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ। अधिकारीहरूको विश्वास छ कि उनी ठूला तस्करी गिरोहको हिस्सा हुन सक्छिन्।यो मामिलामा थप अनुसन्धान भइरहेको छ ताकि गिरोहस“ग जोडिएका अन्य व्यक्तिहरूलाई पनि समात्न सकियोस्।
रान्याले राव विगतमा कन्नड फिल्महरूमा अभिनय गरिसकेकी छिन्, जसमा उनकी फिल्म माणिक्य निकै चर्चित रहेको थियो। तर, पछिल्लो समय उनी सुन तस्करीको अवैध धन्दामा संलग्न भएकी थिइन्। यस घटनाले कन्नड फिल्म उद्योग र उच्च प्रहरी अधिकारीको परिवारमा हलचल मच्चाएको छ।