BOLLYWOODHOLLYWOOD

यसरी लोकप्रिय भयो बलिउडमा अप्रिल फूल

सिनेमा संसार
काठमाडौं
आजभोलि कुनै पनि देशमा अप्रिल १ तारिखमा अप्रिल फूल मनाउनु अर्थात अरुलाई मूर्ख बनाउनुृ सामान्य भैसकेको छ। नेपालमा अप्रिल फूलको लोकप्रियता बढेको केहि वर्ष भएता पनि भारतमा भने ६ दशक अघि यसले लोकप्रियता कमाएको थियो।
अप्रिल फूल मनाया तो उनको गुस्सा आया बोलको गीत त सुन्नु भएकै होला करिब ६ दशक अघिको यो गीत निकै चर्चित छ। बलिउडमा ६१ वर्ष अघि नै अप्रिल फूलबारे फिल्म निर्माण भएको थियो निर्देशक सुबोध मुखर्जीले बनाएको सो सिनेमाको नाम अप्रिल फूल थियो र सो सिनेमा बक्स अफिसमा सुपरहिट साबित भएको थियो।सन् १९६४ मा बनेको फिल्म अप्रिल फूलको बनेको थियो। कमेडी र रोमान्सले भरिएको सो सिनेमाको निर्देशन प्रख्यात निर्देशक सुबोध मुखर्जीले गरेका थिए। यो सिनेमामा मुख्य भूमिकामा सायरा बानो र बिस्वजीत थिए। सो फिल्म हिट भएपछि अप्रिल फूलबारे चर्चा सुरु भएको थियो। सो सिनेमाका गीतमा स्वर भने मोहम्मद रफीले दिएका थिए। सो गीत गाना निकै लोकप्रिय भएको थियो र आज पनि जब मानिसहरू एकअर्कालाई मजाक गर्दा यहि गीत गुनगुनाउने गर्छन्। सो सिनेमाका अरू पनि धेरै लोकप्रिय गानाहरू थिए जस्तै आ गले लग जा मेरे सपने मेरे अपने, उनकी पहली नजर क्या असर कर गई आदी। यस सिनेमाका सबै गानाहरू लता मंगेशकर र मोहम्मद रफीले गाएका थिए, र शंकर जयकिशनले फिल्मको संगीत दिएका थिए।
फिल्मको कहानीको कुरा गर्नुपर्दा एक धनी बाउको अल्छी छोरा जसलाई मजाक गरिरहन ममन पर्थ्यो।विशेष गरी उसले अप्रिल फूलमा साथीलाई मजाक गर्न धेरै मन पराउँथ्यो। अशोक नामको सो केटाको मजाक गर्ने बानीका कारणसायरा बानो (मधु)सँग गहिरो सम्बन्ध बन्यो र पछि सो मित्रता प्रेममा बदलिएको थियो।

Related Articles

Back to top button