BOLLYWOODHOLLYWOODNEWS

परिणीतीलाई बलिउडमा बाँच्नै गाह्रो

सिनेमा संसार संवाददाता
काठमाडौं
बलिउड अभिनेत्री परिणीति चोपडा फिल्म खरो सघंर्षले उदएकी कलाकार हुन्।विभिन्न हिट फिल्ममा काम गरेकी उनले आफ्नो फिल्मी करिअरको सु्ररुवाती दिनका संघर्षबारे भारतिय सञ्चार माध्यमका साथ कराकानी गरेकी छन्। उनले कुराकानी गर्ने क्रममा आफूले भोग्नु परेका आर्थिक समस्याको बारेमा पनि खुलासा गरेकी छन्। आफूले सुरुवाती दिनमा काम गरे अनुसार राम्रो पारिश्रमीक नपाएका कारण फिटनेस लगायत विभिन्न कुरामा राम्रोसंग खर्च गर्न नसकेको समेत बताएकी छन्।ॅमैले सुरु सुरुमा एउटा फिल्म खेलेको केवल पा“च लाख रुपि“या मात्र पाएकी थिए“। त्यसैले सबै कुरा व्यवस्थापन गर्नूपर्ने कारण मैले फिटनेस क्लासमा राम्रो पैसा खर्च गर्न सक्दिैनथिए।एक पटक त मेरो आफ्नै को एक्टरले समेत फिटनेस क्लास नलिएका कारण मेरो मजाक उडाएका थिए। किनभने मैले उनले जस्तो फिटनेस ट्रेनरलाई महिनाको चार लाख दिन सक्दैनथे“। उनले त यदि म फिटनेस क्लास लिन सक्दिन भने बलिउड इन्डस्ट्रिमै नआउन भनेका थिए।’ परिणीतीले आफू मध्यम वर्गीय परिवारबा आएको कारणले अन्य धनी कलाकारले जस्तो खर्च गर्न नसक्ने समेत बताएकी छन्।ॅम अन्य बलिउड कलाकारले जस्तो खर्च गर्न सक्दिनथे“।मलाई थाहा छैन मुम्बईमा मानिसहरु कसरी काम गर्छन। म त प्लेनमा पनि बिजनेस क्लासमा यात्रा गर्न सक्दिन र मेरो साथमा हाईफाई साथीहरु छैनन। मेरो कोही जिम ट्रेनर पर्सनल स्टाईलिस्ट पनि छैनन्। त्यस कारण पनि जो मानिस पहिलेदेखि नै बलिउडमा छन् उनीहरु मेरो जज गर्छन्।’

Related Articles

Check Also
Close
Back to top button