
सिनेमा संसार
काठमाडौं
हालका दिनहरूमा कोरियन ड्रामा (के–ड्रामा)ले विश्वभर लोकप्रियता कमाइरहेका छन्। विशेषगरी, ब्युरिड हट्र्स र अन्डरकभर हाई स्कूल जस्ता सिरिजहरूले दर्शकबाट उच्च रेटिङ प्राप्त गर्दै दर्शकहरूलाई आकर्षित गरिरहेका छन्। यी ड्रामाहरूको रोचक कथा, दमदार अभिनय, र उत्कृष्ट निर्माण शैलीका कारण यीनीहरुले दर्शकको ध्यान खिचिरहेका छन्।
ब्युरिड हट्र्स : गहिरो प्रेम र रहस्यको कथा
ब्युरिड हट्र्स ले प्रेम, विछोड, र रहस्यलाई मुख्य कथा बनाएको छ। यो ड्रामाले गहिरो भावनात्मक प्रभाव पार्ने कथाका कारण दर्शकहरूलाई भावुक बनाएको छ। मुख्य कलाकारहरूको अभिनयले पनि धेरै तारिफ बटुलिरहेको छ। समीक्षकहरूले यो ड्रामालाई कोरियन रोम्यान्स र रहस्य विधाको उत्कृष्ट सिरिजहरूमध्ये एक मानेका छन्।
अन्डरकभर हाई स्कूल : युवा अपराध र रोमाञ्चकको कथा
सिरिज अन्डरकभर हाई स्कूल भने अपराध र थ्रिलर प्रेमीहरूका लागि उत्कृष्ट ड्रामा सावित भएको छ। एक गोप्य अनुसन्धानकर्ताले उच्च माध्यमिक विद्यालयमा अन्डरकभर एजेन्टको रूपमा छिरेर एक ठूलो षड्यन्त्र उजागर गर्ने कथाले दर्शकहरूलाई रोमाञ्चित बनाइरहेको छ। एक्शन, रहस्य र रोचक कथाले यो सिरिजलाई विशेष बनाएको छ।
के–ड्रामाको बढ्दो प्रभाव
यी सिरिजहरूको सफलता कोरियन ड्रामाहरूको विश्वव्यापी प्रभावलाई झल्काउँछ। उत्कृष्ट कथा, उत्कृष्ट सिनेमाटोग्राफी, र प्रभावशाली प्रस्तुतीकरणले कोरियन मनोरञ्जन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरिरहेको छ।