BOLLYWOODHOLLYWOOD

अनन्यालाई फ्यानको प्रश्न ओठ सर्जरी गरेको हो ?

सिनेमा संसार
काठमाडौं
बलिउड अभिनेत्री अनन्या पाण्डे यतिबेला आफ्‌नो नया“ फिल्म तू मेरी मैं तेरा, मैं तेरा तू मेरी को सुटिङमा व्यस्त छिन्। यस फिल्ममा उनी बलिउड अभिनेता कार्तिक आर्यन पनि देखिनेछन्।
अनन्या हाल फिल्म भन्दा पनि आफ्‌नो ओठको कारण चर्चामा छिन्।हालै अनन्याले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्‌नो केही सुन्दर तस्बिरहरू शेयर गरेकी थिईन्। तस्बिरहरूमा उनले रातो ओठको इमोजी क्याप्सनमा राखेकी थिइन्। सो तस्विर उनका फ्यानहरुले निकै मन पराए तर केही सामाजिक सञ्जाल प्रयोगर्काहरुले भने उनको ओठको स्वरुपलाई लिएर प्रश्न उठाएका छन्‌र उनीहरुले अनन्याले ओठको प्लास्टिक सर्जरी गराएको हो भन्ने प्रश्न गरिरहेका छन्। हुन पनि सो तस्विरमा अनन्याको ओठ पहिलेको भन्दा निकै फरक देखिएको छ। अनन्याले आफूले ओठको सर्जरी गराएकोबारे त केहि खुलाएकी छैनन् तर उनले तस्विरका साथ शेएर गरेको इमोजीबाट भने सोही संकेत गरेको हो कि भन्ने बुझ्‌न सकिन्छ। अनन्याका तस्बिरहरूमा एक जनाले लेखेका छन्, पुराना ओठ नया सर्जरीभन्दा राम्रो थिए।त्यस्तै अर्को एक जना लेख्छन तपाईंले आफ्‌नो मासूम अनुहार बर्बाद गर्नुभयो। केहिले त अनन्यालाई काइली जेनर जस्तो देखिन लागेको समेत आरोप लगाएका छन्।हुन त आफ्‌नो शरिरलाई के गर्ने के नगर्ने अनन्याको आफ्‌्‌नो खुशीको कुरा हो तर उनी एक सेलिब्रेटी भएका कारण पनि उनले आफ्‌ना फ्यानहरुबाट नकरात्मक र सकरात्मक दुवै प्रतिक्रिया पाईरहेकी छन्।अनन्या यो बाहेक चा“डै नै चाँद मेरा दिल र कल मी बी सीजन २ मा पनि देखिनेछिन्। यसै वर्ष उनी केसरी च्याप्टर २ मा देखिएकी थिइन्। ज“हा दर्शकहरूले उनको भूमिका निकै रुचाएका थिए।

Related Articles

Back to top button