CINEMANEWS

विपिन कार्कीको एक्सन अवतार

सिनेमा संसार
काठमाडौं
अभिनेता विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै सिनेमा कर्माको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा विपीन कार्की ब्ल्याक जिन्स र फिट बडीमा हातमा सर्ट गन बोकेर बदलाको भावमा देखिएका छन्। पोस्टरमा रहेको स्लोगन ह्वाट गोज अराउन्ड, कम्स अराउन्डले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ।
सौरभ चौधरीको निर्देशनमा बनेको सिनेमा आगामी चैत २९ गते रिलिज हुनेछ। विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय गरेको सिनेमा आर्टिस्टिक इनटरटेनमेन्टको व्यानरमा वसन्त लम्सालले निर्माण गरेका हुन्।

Related Articles

Back to top button