CINEMANEWS

प्रदीप र जसिताको लभ स्टेशन

सिनेमा संसार संवाददाता
काठमाडौं
लिली विलीको सिनेमाका जोडी प्रदीप खड्का र जसिता गुरुङ फेरी जोडी बनेर लभ स्टेशन नामक सिनेमामार्फत दर्शकमाझ आउने भएका छन्।
आगामी असोज गतेबाट दार्जिलिङ मा सुटिङ हुने सिनेका निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन्। सिनेमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्वा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत ले अभिनय गर्नेछन्। ठाउँको नामको आधारमा सिनेमाको नाम लभ स्टेशन जुराएको निर्देशक उज्ज्वल घिमिरेले बताए। सिनेमाको कथामा प्रदीप र जसिताको जोडी सही भएकाल यो सिनेमा निर्देशन गर्न तयार भएको उज्ज्वलले बताए। सिनेमाको कथा उज्ज्वलकै हो।
अभिनेता प्रदीपले पनि फिल्मको स्क्रिप्ट साह्रै राम्रो पाएको र सिनियर निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा साह्रै खुसी लागेको बताए। यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले लभ स्टेशन बिगतको सिनेमाभन्दा केही पृथक बन्ने पनि उनले बताए। सिनेमाकै लागि युकेबाट नेपाल आएकी
अभिनेत्री जसिताले पनि उज्ज्वल घिमिरे सफल निर्देशक भएकोले उनीसँग काम गर्ने चाहना पूरा गर्न पाउने भएकाले खुशी व्यक्त गरिन्। काफिया फिल्म्स्सँग पहिला पनि लिली बिलीमा काम गरेको र यही व्यानरले प्रदीपसँग आफुलाई चयन गरेको हुँदा खुसी लागेको जसिताले बताईन्।
सिनेमा प्रस्तुतकर्ता गोविन्द शाही हुन्। लिली बिली निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई सिनेमा निर्माण गर्ने सम्झौता भएबमोजिम लभ स्टेशनमा पनि यी दुईलाई जोडीको रुपमा लिएको शाहीले बताए। लभ स्टेशन भारतको कालिङपोङ, सिक्किमलगायतका स्थानमा छायाँकन गरिने छ।
आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ। दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेको सिनेमाको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्। लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button