CINEMANEWS

चितवन पुग्यो चौका दाउ टोली

सिनेमा संसार संवाददाता

चितवन

आगामी पुस २७ गतेबाट अल नेपाल रिलीज हुने सिनेमा चौका दाउको टोली प्रचार प्रसारको क्रममा चितवन आईपुगेको छ। मंगलबार हेटौंडाबाट आफ्नो मोफसल यात्रा सुरु गरेको चौका दाउको टोलीले बुधबार चितवनमा पत्रकार भेटघाट आयोजना गरेर सिनेमाबारे जानकारी दिएको हो।

पत्रकार भेटघाटमा निर्देशक पुर्णेन्द्रु झाले सिनेमामा विभिन्न हास्य कलाकारले अभिनय गरेको र सिनेमा समाजिक हास्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हास्यव्यंग्यको माध्यमले सिनेमामा उतारिएको बताए। सिनेमा चार जना परिपक्व उमेरका पुरुषलेले युवतीसँग सम्बन्ध राख्न के के गर्न तयार हुन्छ भन्ने बिसयमा रहेर निर्माण गरिएको बताए।

अभिनेता सन्तोष पन्तले सिनेमाको कथावस्तु राम्रो रहेकोले आफू पनि सिनेमाप्रति सकरात्मक रहेको र अभिनय गरेको बताए। समाजको यथार्थलाई सिनेमाको पर्दामा कैद गरिएकाले सबैले हेर्नैपर्नेमा उनले जोड दिए। नायिका वर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफँै हुनुपर्ने भन्ने सन्देश सिनेमा दिने बताइन्।

सिनेमामा सन्तोष पन्त , तैयब शाह, रविन्द्र झा, विल्सनविक्रम राई, अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ। शम्भुजित बास्कोटाको कथा र संगीत रहेको सिनेमा मनोज राजभण्डारी र सौर्यजित बास्कोटाले निर्माण गरेका हुन्।

Related Articles

Back to top button