CINEMANEWS

प्रेम गीत ३ बन्दै

 

सिनेमा संसार संवाददाता
काठमाडौं
आसुसेन फिल्म प्रोडक्सनले प्रेमी गीत र पे्रेम गीत २ को सफलतापछि अब यसको तेस्रो सिरीजका रुपमा प्रेम गीत ३ निर्माण गर्ने भएको छ।
चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २ र मेरी मामुपछि आसुसेन फिल्म प्रोडक्सनले पाँचौं प्रोजेक्टका रुपमा प्रेम गीत–३ निर्माण गर्न लागेको निर्माता सन्तोष सेनले जानकारी गराएका छन्। सिनेमा निर्माणको तयारीसँगै प्रोडक्सनले रिलीज डेट तय गरेको छ। सेनका अनुसार प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम साता चैत २८ मा देशभका हलमा रिलीमा आउनेछ। छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने सिनेमाको लोकेशनदेखि मुख्य टिम पनि फाइनल गरिएको छ। तर त्यसबारे केही समयपछि जानकारी गराउने निर्माता सेनले जानकारी गराए।
प्रेम गीत–३ लाई बिगतमा निर्माण गरेको सिनेमाजस्त मेहनतकासाथ तयार पारिने सेनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button