CINEMANEWS

झिँगेदाउको सिक्वेल निर्माण हुँदै

सिनेमा संसार
काठमाडौं
निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा झिँगेदाउको सिक्वेल निर्माण कार्य अघि बढाएका छन्।
सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै झिँगेदाउ २ को प्रि–प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले गराए। सिनेमाको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजाले जनाए। सिनेमाको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिक्वेलको कथा उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले जानकारी गराएका छन्।
कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन्। बैशाख दोस्रो हप्ताबाट सुटिङ फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, बिष्णु कल्पितको छायांकन र मित्र डि गुरुङको सम्पादन रहनेछ।

Related Articles

Check Also
Close
Back to top button