सिनेमा संसार
काठमाडौं
बाल विवाह तथा महिला हिंसाको विषयमा निर्मित सिनेमा जुनाः एक व्यथाको दोस्रो पोस्टर सार्वजनिक भएको छ।
आगामी माघ २५ गते रिलिज हुने सिनेमा गोदावरी सिनेमा प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशनमा बनेको हो। पोस्टरमा सिनेमाका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ। विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाएकी छन्। त्यस्तै कलाकार कृष्ण भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन्। दाह्री जुँगा र दौरा, टोपीको गेटअपमा देखिएका उनले कर्के नजर र अनुहारको भावले रिसाएको देख्न सकिन्छ।
अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपानेलगायतले अभिनय गरेको सिनेमाले बाल विवाह तथा महिलाको मुद्धा बोकेकाले हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने निर्देशक सेञ्चुरीले बताए।