CINEMANEWS

फागुनमा अदालत

सिनेमा संसार संवाददाता
काठमाडौं
फाल्गुनन्द लिंगदेन फिल्मस्द्वारा निर्माण गरिएको सिनेमा अदालतको रिलिज डेटसहित फष्टलुक सार्वजनिक भएको छ। फागुन २४ गतेबाट देशभरका हलमा रिलीज हुने सिनेमाका लेखक तथा निर्देशक दिनेश लिंगदेनले समाजमा भईरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई सिनेमा देखाइएको बताए।
एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकालगायको मुख्य भूमिका रहेको सिनेमा मदन, राजकुमार, रुद्र र शान्तिले डेब्यु गरेका हुन्। सिनेमामा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व र विक्रम डिसिको छायांकन छ। फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन्। सिनेमामा कविता राई लिङ्देन निर्मात्री छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button