EVENTFASHIONNEWS

द नेशनल डिजाइनर रनवेमा आईआईएफटीको वर्चश्व

सिनेमा संसार
काठमाडौं
फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रन वे २०२४ को उपाधि आईआईएफटी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनका प्राङ्देन हानी लिम्बुले जितेका छन्।
भक्तपुरमा शनिबार साँझ सम्पन्न पाँचौं संस्करणको प्रतियोगितामा उनले उक्त उपाधि जितेका हुन्। विभिन्न संस्थामा अध्यनरत र ग्राजुएट १४ जना फेसन डिजाइनर प्रतिष्पर्धी रहेको प्रतियोगितामा आईआईएफटीकै सबी श्रेष्ठ फस्ट रनर्सअप र फेसन डिजाइनर ओमान कोमेन जुकान्द्री सेकेण्ड रनर्सअप भए। त्यस्तै आईआईएफटीकै सजिना मोनिकर मष्ट पपुलर’ भइन्। विजेताहरूलाई प्रतिनिधिसभाकी उप–सभामुख इन्दिरा राना तथा निर्णायकहरू र आयोजक टोलीका सदस्यले ताज तथा विभिन्न पुरस्कार प्रदान गरे।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा भएको हो। प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरले सहभागिता जनाएका थिए।
डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए। प्रतियोगितामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक थिए।
फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा सञ्जिव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रुपमा काम गरेका थिए।

 

Related Articles

Check Also
Close
Back to top button