BOLLYWOOD

अश्लील भिडियो लीक गरेपछी राखीलाई बढ्यो सास्ती

सिनेमा संसार संवादतादा
काठमाडौं

बलिउड अभिनेत्री राखी सावन्तलाई भारतको सर्वोच्च अदालतबाट ठूलो धक्का लागेको छ। राखीले एक मामलामा भारतको सर्वोच्च आदलत सामू आत्मसमर्पण गर्नुपर्ने भएको छ। उनका पूर्वपति आदिल खानले उनीमाथि आफ्नो अश्लील भिडियो दुरुपयोग गरेको आरोप लगाउ“दै अदालतमा निवेदन हालेका थिए। सोही मामलामा उनले आफू गिरफ्तारीबाट ब“च्नका लागि अग्रिम जमानतको माग गर्दै बम्बे उच्च अदालतकोे ढोका ढकढकाउन पुगेकी थिईन्।तर, उच्च अदालतबाट कुनै राहत नमिलेपछि सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेकी उनीमाथि सर्वोच्च अदालतबाट पनि झट्का व्यहोर्नु परेको छ।सर्वोच्च अदालतले पनि राखीको याचिकामाथि फैसला गर्न ईन्कार गर्दै उनलाई ४ हप्ताभित्र निचली अदालतमा आत्मसर्मपण गर्न आदेश दिएको छ।
यदि चार हप्ताभित्र उनले आत्मसमर्पण नगरेमा उनीमाथि कानुनी खतरा बढ्ने सम्भावना रहेको छ। राखीमाथि पूर्वपति आदिलले अश्लील भिडियो लिक गरेको आरोप लगाएपछि ईन्डियन प्यानल कोडको धारा ५००, ३४ र ६७ अनुरुप विद्युतिय रुपम स्पष्ट अश्लील सामग्री प्रकाशित गरेको आरोपमा मुद्धा दायर भएको थियो। राखीका वकिलले राखी धेरै प्रकारका रोगहरुबाट पीडित भएको र शल्यक्रिया समेत गर्नुपर्ने स्थितीको जोखिममा रहेर पनि उक्त मामलाको अनुसन्धानमा सहयोग गरिरहेको बताएका थिए। राखीले भने उच्च अदालतमा आफूले लिक गरेको भिडियो ५ वर्ष पुरानो भएको र सो भिडियो निकै नै धमिलो भएको बताएकी थिईन्। तर अभियोजकले भने राखीलाई हिरासतमै लिएर सोधपुछ गर्नूपर्ने बताएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button