BOLLYWOODHOLLYWOOD

सलमानको लोकप्रियता घटेको हो ?

अहिलेसम्मकै कमजोर ओपनिङ

अहिले भारत नेपाल लगायतका विश्वका विभिन्न देशका हलहरुमा अभिनेता सलमान खानको फिल्म किसी की भाई किसी की जान प्रर्दशन भईरहेको छ। गत शुक्रवार ईदको अवसर पारेर सलमानले चार वर्षपछि दर्शकमाझ यो फिल्म लिएर आएका थिए। जसको भारतमा ओपनिङ नै १५ दशमलब ८१ करोडको थियो। फिल्मको ओपनिङलाई लिएर विभिन्न किसिमका आ“कलन गरिएका थिए तर फिल्म रिलिजपछि जुन रिजल्ट आयो त्यसले त्यो सलमानको करिअरमै चकित बनाउने खालको छ। भारतिय सञ्चार माध्यमहरुका अनुसार सलमानको यो फिल्मकोबक्स अफिस ओपनिङ ४ करोड रहेको छ जुन उनका फिल्म मध्य निकै कम ओपनिङ हो। विश्वब्यापी रुपमा ५७ सय पर्दाबाट रिलिज फिल्म भारतमा ४५ सय पर्दाबाट रिलिज भएको थियो। नेपाल पनि यो फिल्मको कमाइ न्युन रह्यो।सलमानको पछिल्लो १० वर्षमा रिलिज भएका फिल्महरुको रेकर्ड हेर्दा कम्तीमा १७ करोडको ओपनिङ गरेको छ।सन् २०१९ मा रिलिज भएको फिल्म भारतले उनको करियरमै सबैभन्दा बढी ओपनिङ ४३ करोड ओपनिङ दिएको थियो त्यस्तै एक था टाईगरले ३३ करोडको ओपनिङ कलेक्सन गरेका थियो।यसपछि उनका फिल्मले २० करोड रुपैंयाँसम्म ओपनिङ कलेक्सन गर्दैै आएका थिए। फिल्ममा ब्यांकटेश, पूजा हेग्डे शेहनाज गील लगायतको अभिनय रहेको छ।

Related Articles

Check Also
Close
Back to top button