MUSIC

नारायण रायमाझी सांगीतिक साँझको भिडियो अब युट्युवमा

सिनेमा संसार संवाददाता
काठमाडौं

आठ महिना अघि आयोजित लोकगायक नारायण रायमाझीको सांगीतिक सा“झको भिडियो हालै युट्युबमा सार्वजनिक भएको छ । संगीतकार तथा फिल्म निर्देशक समेत रहेका गायक रायमाझीको गत भदौमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल सांगीतिक साँझ भएको थियो । मंगलबार रायमाझीको जन्मदिनको अवसर पारेर दोहोरीगीत प्रतिष्ठानले सांगीतिक सा“झको भिडियो उपहारस्वरूप उनलाई प्रदान गरेको हो ।दुई घण्टा २३ मिनेट लामो भिडियोमा रायमाझीका उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले नमुछे आमा दहीमा टीका लाइछौ बेसन लगायत थुप्रै कालजयी गीतहरु रहेका छन्।

Related Articles

Back to top button