CINEMA

२१ मिनेट छोट्याइयो रंगेली

सिनेमा संसार संवाददाता
काठमाडौं । गत शुक्रवारबाट रिलिजमा आएको सिनेमा रंगेलील २१ मिनेट छोट्याईएको छ ।
२ घण्टा ५१ मिनेट लम्बाई सहित हलमा रिलिज भएको सिनेमा सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन भएको छ । सिनेमाका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहनाअनुरूप नै सिनेमाको लम्बाई घटाइएको बताए । उनका अनुसार अब यो सिनेमा २ घण्टा ३० मिनेटको भएको छ ।
पहिलोपटक सिनेमा निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने सिनेमा हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । रिलिजको पहिलो र दोस्रो दिन रङ्गेलीले उत्साहजनक व्यापार गरेको थियो । तेस्रो दिन सोमबार पनि सिनेमाको व्यापार सन्तोषजनक नै रहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’ का कारण दर्शकको सङ्ख्या बढिरहेको बताइएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो सिनेमामा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।
सिनेमामा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका रहेको छ ।

 

Related Articles

Check Also
Close
Back to top button