PROMOSTAGE

पण्डित बाजेको लौरीमा सन्ध्याको चोली

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी साउन ४ गते रिलिज हुने सिनेमा पण्डित बाजेको लौरीको पहिलो गीत ‘चोली तुना’ सार्वजनिक भएको छ । आइटम फ्लेबरको गीतमा सन्ध्या केसी, प्रमोद अग्रहरि, मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बरालले कम्मर मर्काएका छन् ।

गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला र श्रीकृष्णकै स्वर तथा विक्रम स्वाँरको कोरियोग्राफी छ । निर्देशक ओलीले फिल्मको ट्रेलर र गीतमा बाहुन संस्कृतिलाई बढावा दिए पनि फिल्मले समाजमा सकारात्मक सन्देश दिने बताए ।

‘फिल्मको नाम र ट्रेलरमा बाहुन चरित्रलाई बढी देखाइएको छ । आम मानिसमा यो फिल्मले सामाजिक सद्भाव बिगार्ने त होइन भन्ने भ्रम पनि परेको रहेछ,’ओलीले भने,‘पण्डित बाजेको लौरीले सामाजिक सद्भाव बिगार्दैन् । यो मनोरञ्जन प्रदान फिल्म हो ।’

फिल्मले एक गाउँ भित्र पण्डित्याइ गर्ने पण्डितको सामाजिक गतिविधिलाई देखाउने छ । बादी–बदिनीको कथासमेत देखाइने फिल्ममा लोकेन्द्र लेखक, कुलदीप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय छ । अधृत फिल्मस्को व्यानरमा निर्मित फिल्ममा थमनकुमार भण्डारी (राज) र किशोर खड्काको लगानी छ । फिल्ममा विदुर पाण्डेको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल तथा अमित श्रेष्ठको संगीत छ ।

Related Articles

Check Also
Close
Back to top button