NEWSPROMO

फिगर प्रिन्टको सस्पेन्स ट्रेलर

सिनेमा संसार संवाददाता
काठमाडौं
नविन निरौला निर्देशित सस्पेन्स थ्रिलर सिनेमा फिंगर प्रिन्टको सस्पेन्स ट्रेलर सार्वजनीक गरिएको छ। नवीनकै लेखन र सम्पादन रहेको सिनेमा आगामी फागुन १० गते रिलीजमा आउँदैछ।
कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको सिनेमा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन्। शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको सिनेमा मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौलाले जानकारी गराए। सिनेमा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। सुमन तण्डुकार र राहुल राईले खिचेको सिनेमा फिंगर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको निर्देशक निरौलाले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button