
सिनेमा संसार संवाददाता
काठमाडौं
गत शुक्रवार एकसाथ रिलीजमा आएका ४ सिनेमामध्ये मिष्टर भर्जिनले उत्साहजनक प्रतिक्रिया पाएको यसको निर्माण पक्षले दाबी गरेको छ। 
सिनेमाले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाकै कारण मंगलबार उपत्यकाबाहिर मिस्टर भर्जिनले थप २३ हल पाएको दाबी निर्माताहरुको छ। निर्माताहरुको दाबीअनुसार काठमाडौँका मल्टिप्लेक्सहरुमा शोहरु थपिएका छन्। फिल्मलाई लिएर दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेकै कारण थप हलहरू बढेको र अझ आगामी दिनमा दर्शकको राम्रो उपस्थिति रहने विश्वास रहेको निर्देशक बिशारद बस्नेतले दाबी गरे।
मिष्टर भर्जिन यौन मनोविज्ञानमा आधारित कमेडी सिनेमा हो। यसमा व्यापक मात्रामा छाडा र द्वैअर्थी संवाद पनि राखिएका छन्। वल्र्ड वाइड फिल्म्स् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको सिनेमामा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारले अभिनय गरेका छन्।




