EVENTMUSICNEWS

शम्भूजीतलाई दीर्घ साधना, ३३ विधामा म्युजिक खबर अवार्ड

सिनेमा संसार
काठमाडौं
संगीतरत्न शम्भूजीत बासकोटा म्युजिकखबर दीर्घ साधना सम्मान–२०८२ बाट सम्मानित भएका छन्। १३औँ म्युजिकखबर म्युजिक अवार्ड समारोहमा नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाले उनलाई दोसल्ला, सम्मानपत्र तथा ५१ हजार रुपैयाँसहित सम्मान अर्पण गरे। बासकोटाको सम्मानमा गायिका टीका प्रसाईंले सांगीतिक प्रस्तुति दिएकी थिइन्।
काठमाडौंको बालुवाटारमा सम्पन्न समारोहमा गीतकार उन्नती शीला बोहरालाई म्युजिकखबर शब्द शीला विशिष्ट सम्मान, गीतकार विजय शिवाकोटीलाई म्युजिकखबर रजत संगीत सम्मान, गायक शिव परियार र गायिका कालिका रोका मगरलाई म्युजिकखबर दशक संगीत सम्मान प्रदान गरियो। गीतकार पुरुषोत्तम सानु र सुशिला पौडेल युवा संगीत सम्मान, अमेरिकामा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याउँदै आएकी पुष्पा खनाल डायस्पोरा संगीत सम्मानबाट सम्मानित भइन्। त्यस्तै पत्रकार कुवेर गिरी र गोपीकृष्ण चापागाईं संगीत पत्रकारिता सम्मानसहित जनही ५ हजार ५ सय ५५ रुपैयाँबाट पुरस्कृत भए।

बालकलाकार युनिश घिमिरे बालप्रतिभा सम्मान, गायिका नीता आचार्य डायस्पोरा गायन सम्मान, डा. रणजित झा संगीतकर्मी सम्मान तथा वरिष्ठ टेलिभिजन पत्रकार, छायाकार एवं भिडियो सम्पादक उदयराज शर्मा सञ्चारकर्मी सम्मानबाट सम्मानित भए।
म्युजिकखबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको समारोहमा उत्कृष्ट पाँच मनोनयनबाट छनोट गर्दै ३३ विधामा अवार्ड पनि प्रदान गरिएको थियो। सुगम संगीततर्फ हृदयमाबाट प्रविन बेडवाल सर्वोत्कृष्ट गायक, गुन भुल्यौबाट सारिका घिमिरे सर्वोत्कृष्ट गायिका, मुस्कान छैन आजबाट डम्बर याक्सो सर्वोत्कृष्ट गीतकार, मेरा सुरहरूबाट शंकर थापा स्माइल सर्वोत्कृष्ट संगीतकार, दुखें धेरै दुख्न पुग्योबाट सरला श्रेष्ठ उत्कृष्ट महिला गीतकार, तेजस्वी अप्सराबाट मनोज खड्का उत्कृष्ट डायस्पोरा गीतकार तथा रात किन हुन्छ हजुरबाट नरेन्द्र वियोगी उत्कृष्ट संगीत संयोजक घोषित भए।
सुगम म्युजिक भिडियोतर्फ तिमी आँखा म नानीबाट झरना रिसाल उत्कृष्ट महिला मोडल, मेरो जिन्दगीकोबाट सुरेश कोह्ली उत्कृष्ट पुरुष मोडल, नमस्ते ढोगदियाँबाट अजय रेग्मी उत्कृष्ट छायाकार, भागौंला त्रिशुली तरेरबाट पदम सुवेदी उत्कृष्ट सम्पादक, आगो लाइदिन्छुबाट राहुल शाह उत्कृष्ट निर्देशक तथा ओइ नक्कलेबाट नरेश बीबीसी उत्कृष्ट ध्वनि सम्पादक बने।
अन्य विधातर्फ हो नि होबाट कर्णराज गिरी र कमला रेग्मी उत्कृष्ट युगल गायक–गायिका, हाम्रो देशबाट सुरेन्द्र खड्का उत्कृष्ट राष्ट्रिय भावको गीत, बादलपारीबाट धनबीर थापा मगर उत्कृष्ट पप गीतकार, ओइ नक्कलेबाट अर्जुन पोखरेल उत्कृष्ट पप संगीतकार, प्रिय जिन्दगीबाट रविन श्रेष्ठ उत्कृष्ट पप गायक तथा इतिहासबाट आश्रा कुँवर उत्कृष्ट पप गायिका घोषित भए।
फिल्म विधातर्फ लाज शरणमको च्यातिएको चोलीबाट सुरज पण्डित तथा ऊनको स्वीटरको फकाउँछ काफ्लेबाट झुमा लिम्बु सर्वोत्कृष्ट पार्श्व गायक–गायिका बने। एन्जिलाको रात किन हुन्छ हजुरबाट थानेश्वर गौतम सर्वोत्कृष्ट फिल्म संगीतकार तथा ऊनको स्वीटरको फकाउँछ काफ्लेबाट युवराज काफ्ले सर्वोत्कृष्ट फिल्म गीतकार घोषित भए।
लोकदोहोरीतर्फ दुःख साटम्लाबाट अर्जुन सापकोटा सर्वोत्कृष्ट गायक, नौली हदेलीबाट लक्ष्मी आचार्य सर्वोत्कृष्ट गायिका, जाम भो हिंड रेलैमा सललबाट नवीन परियार उत्कृष्ट लोकदोहोरी भाका, सररबाट प्रसाद लामिछाने उत्कृष्ट लोकदोहोरी शब्द, करिमैलेबाट पल शाह र नारायणी खत्री उत्कृष्ट म्युजिक भिडियो मोडल, तिम्रै माया लाउँछ निबाट दीप गुरुङ उत्कृष्ट म्युजिक भिडियो निर्देशक, देखाउनलाई होइन नि मायाबाट रेखा पोख्रेल तथा तिम्रो मनमा कुन छबाट मनोहर शर्मा लोकदोहोरी नवप्रतिभा र गुल्मी चन्द्रकोटबाट सुशीला गौतम उत्कृष्ट कल्चरल गीत गायिका घोषित भइन्।

जुरी तथा क्रिटिक्स अवार्डतर्फ यादहरू दुखिरहन्छबाट कल्याण श्रेष्ठ, राजनीति भनेको तबाट पारसमणि बराल, सागरझैं गहिरोबाट सुनिल उप्रेती, धमिलियो आकाश आजबाट केशव भट्टराई, पहाडी बाटोबाट छिरिङ भुटिया तथा फूलको आफ्नै कथा छबाट बीबी अनुरागी पुरस्कृत भए।
लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार–संगीतकार कस्तुप पन्त र गायिका देवी घर्ती रहेको निर्णायक मण्डलले विजेता छनोट गरेको समारोह मञ्जु पौडेल र निराजन भण्डारीले सञ्चालन गरेका थिए। कार्यक्रममा पल शाह, नारायणी खत्री, टीका प्रसाईं, देवान खनाल, धिरज राई, युनिश घिमिरेलगायतले सांगीतिक प्रस्तुति दिएका थिए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button