CINEMANEWS

नेपाल सुपर लिगसँग जोडियो पिताम्बर

सिनेमा संसार
काठमाडौं
नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुने सिनेमा पिताम्बर नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम) ले आयोजना गर्दै आएको सुपरलिगमा पिताम्बर मुभी पार्टनरका रुपमा जोडिएको हो। नेपाल सुपर लिग यही चैत १६ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।
सिनेमाकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फूटबल प्रतियोगितामा मुभी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताइन्। ‘दर्शकका लागि नेपालमा खेलकुद र सिनेमा अभिन्न अंग बनेका छन्। खेलकुदका माध्यमबाट पनि सिनेमाको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौं’, उनले भनिन्।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्म्स्को व्यानरमा निर्माण भएको सिनेमामा कृषा चौलागाईको निर्देशन छ। सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी (अनमोल) लगायतले अभिनय गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button