NEWS

ग्रामीण सिनेमा महोत्सवको पाँचौँ संस्करण सर्लाहीमा हुने

सिनेमा संसार
काठमाडौं
नेपाल ग्रामीण सिनेमा महोत्सवको पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा आयोजना हुने भएको छ।
महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भई तयारी कार्य अघि बढिसकेको छ।
हिमाल, पहाड, तराई कोही छैन पराइ भन्ने नाराका साथ विगतका संस्करण पहाडी क्षेत्रमासम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएका छन्। ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवद्र्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै सबैको सिनेमा, सबैका लागि भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।
गाउँ–गाउँमा सिनेमा पुर्‍याउने अभियानस्वरूप सुरु गरिएको यस महोत्सवले ग्रामीण परिवेशका कथा, परम्परा, भेषभूषा, भाषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ।
महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित सिनेमातर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषी फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका सिनेमाहरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
महोत्सवमा ग्रामीण परिवेश झल्किने छोटा सिनेमा, डकुमेन्ट्री, फिचर फिल्म तथा विविध भाषाभाषीका सिनेमाहरू गाउँकै दर्शकमाझ निःशुल्क प्रदर्शन गरिनेछ। नेपाली मौलिक सिनेमाप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा सिनेमा हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको अध्यक्ष रघुनाथ सापकोटाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button