CINEMANEWS

जानी नजानीको मस्त छ मौसम

सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेत्री रोशनी केसीको प्रस्तुतिमा बनेको सिनेमा जानी नजानीको टाइटल सङ मस्त छ मौसम अनुभुति मिठो सार्वजनिक गरिएको छ। मोदनाथ खनालको शब्द तथा गायिका अन्जु पन्त र गायक प्रताप दासको स्वर रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ।
प्रविन सिंहले कोरियोग्राफी गरेको भिडियो सो सिनेमाका निर्देशक बसन्त अधिकारीले निर्देशन गरेका छन्। आगामी चैत्र १ गते अल नेपाल रिलिज हुने सिनेमाबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन्। सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको सिनेमामा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन र रोशनी केसी लगायतको अभिनय रहेको छ। यसै सिनेमामार्फत पुराना अभिनेता तथा निर्माता निर्देशक विश्व बस्नेतकी छोरी निरिशा सिने नगरीमा डेब्यु गदैछिन्। सिनेमामा अर्जुन पोखरेलको सङ्गीत रहेको छ। सिनेमा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माणमा बनेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button