NEWSSTAGE

साबिती अब न्यूयोर्कको रंगमञ्चमा

सिनेमा संसार
काठमाडौं
नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास साबितीमा आधारित नाटक ‘साबिती :(नट गिल्टी) अमेरिकाको द टंयाक थिएटरमा मञ्चन हुने भएको छ।
बिमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा बलिउड सिनेमा लुटेराकी अभिनेत्री स्वच्छता गुहाले शीर्ष भूमिका निर्वाह गर्नेछिन्। नाटकमा नेपाली मूलका अमेरिकी कलाकार नवल राई र हलिउड सिनेमामा काम गरिसकेका जड मेयर्सले पनि अभिनय गर्नेछन्।
नेपाल र भारतमा मञ्चन भइसकेको यो नाटकलाई न्यूयोर्कका दर्शकलाई लक्षित गर्दै पुनर्लेखन र रूपान्तरण गरिएको हो। मूल उपन्यासमा पुरुष पात्रमार्फत प्रस्तुत कथा नाट्यरूपमा भने महिला पात्रमार्फत नयाँ दृष्टिकोणसहित प्रस्तुत गरिएको छ। नाटकले महिला आवाज, सशक्तिकरण र सामाजिक संरचनामाथि प्रश्न उठाउने प्रयास गर्छ।
भारतको नेशनल स्कुल अफ ड्रामामा अध्ययन गरेका रंगकर्मी बिमल सुवेदीले नेपाली–अमेरिकी समुदायका अगुवा अमित प्रताप शाहको आपन फाउन्डेसन र कन्सुलेट जेनरल अफ ड्रामासँगको सहकार्यमा नाटक प्रस्तुत गर्न लागेका हुन्। बिमलका अनुसार न्यूयोर्कको मुटुमा रहेको यस थिएटरमा मञ्चनको अवसर पाउन लामो समय कुर्नुपर्ने हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button