MUSICNEWS

लोक दोहोरी स्टार सिजन १ को उपाधि निशा लामालाई, पुरस्कार १० लाख

सिनेमा संसार
काठमाडौं
नेपाली सांगीतिक रियालिटी शो लोक दोहोरी स्टार सिजन १ को उपाधि निशा लामाले जितेकी छन्। राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष स्थान हासिल गर्दै उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
प्रतियोगितामा मानव रावत क्षेत्री दोस्रो र ललितबहादुर गुरुङ तेस्रो बने। फिनालेमा टप ८ फाइनलिस्टहरूले मञ्चमा उत्कृष्ट प्रस्तुति दिएका थिए। एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए। आयोजक समितिका प्रमुख तथा निर्माता डेभिल सिंह राजपूत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो। व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए।
फिनालेमा रिता थापा मगर, राजु ढकाल, चन्द्र शर्मा र अमृत खाती निर्णायक रहेका थिए। कार्यक्रमको होस्ट रोजिन शाक्य र मुना अर्यालले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button